डा. गोबिन्द केसीको अनसन बिरुद्ध बिरोध प्रदर्शन
कैलाली ।
धनगढीको कृष्ण मन्दिरमा ३ दिन देख अनसनरत डा. गोबिन्द केसी बिरुद्ध बिरोध प्रर्दशन स्थानियहरुले भएको छ । स्थानियहरु मदिर परिसरमै पुगेर तत्काल डा. केसीले अनसन तोड्नु पर्ने बताउँदै नाराबाजि गरेर बिरोध प्रर्दशन गरेका हुन ।
सशिद दशरथ चन्द विश्व विद्यालय सञ्चालनमा आउनै लाग्दा डा. केसीलाई प्रयोग गरेर स्वार्थ समुहले अरोध शिर्जना गर्न खोजेको स्थानियको आरोप छ । प्रर्शन स्थलमा भिड नियन्त्रण गर्न सुरक्षाकर्मी खटिएका छन् ।
