स्वास्थ्यमा समस्या देखिएपछि डा. गोबिन्द केसी अस्पताल भर्ना

द एभरेष्ट पोष्ट
९ साउन २०८३ १२:१०
स्वास्थ्यमा समस्या देखिएपछि डा. गोबिन्द केसी अस्पताल भर्ना

कैलाली । धनगढीमा २४औं सत्याग्रह सुरु गरेका  डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको लगिएको छ । स्वास्यकर्मीको सल्लाहमा उनलाई आईसीयूमा भर्ना अस्पताल लगिएको हो । डा. केसीको रगतमा सुगरको मात्रा घटेर ५० पुगेको र रक्तचापमा पनि उतारचढाव देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल लगिएको हो ।

केसीका सहयोगी डा. अमृत जैसीका  अनुसार केसीलाई मांसपेशी बाउडिने र हिँडडुल गर्न समस्या भइरहेको छ । उनलाई  अस्पतालमा स्वास्थ्य कर्मीको निगरानिमा राखिने छ ।
डा। गोविन्द केसीविरुद्ध स्थानीय भने विरोध प्रदर्शन गरिरहेका छन् ।

अनशन स्थलमै पुगेर उनीहरुले तत्काल अनशन तोड्नुपर्ने दबाब दिँदै नाराबाजी गरेका हुन् । सहिद दशरथ चन्द विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डा. केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सिर्जना गर्न खोजेको स्थानीयको आरोप छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस