कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

द एभरेष्ट पोष्ट
९ साउन २०८३ १७:००

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेश सभा बैठकमा आफ्नो भनाइ राख्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनी विरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले सुरुमै आफ्नो धारणा राखे । र, पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो लागि कुर्सी नै ठूलो कुरा नरहेको पनि बताए । कँडेल ०८० चैत्र अन्तिम साता मुख्यमन्त्री नियुक्त भएका थिए ।

सुरुमा माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका उनी ०८१ साउनदेखि काङ्ग्रेससँगको गठबन्धनमा थिए ।

कँडेलले आफ्नो कार्यकालमा थुप्रै सुधारका काम भएको पनि स्मरण गरे । उनले नयाँ बन्न लागेको सरकार कति टिक्छ वा टिक्दैन त्यो भन्न नसकिने बताए ।

‘म यहाँ आउँदै गर्दा नेकपा—एमालेका दुई वटा अध्यक्ष बसिरहेका छन्, टेलिफोन कुरा भएको थियो,’ उनले भने ।

कम्युनिस्ट दल मिल्ने सङ्केत गर्दै नयाँ बन्न लागेको सरकारको आयुबारे टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस