जोरपाटीबाट वेदिका केसी पक्राउ

द एभरेष्ट पोष्ट
७ साउन २०८३ १७:०३
जोरपाटीबाट वेदिका केसी पक्राउ

काठमाडौँ। साइबर ब्युरोको टोलीले जोरपाटीबाट अभियन्ता वेदिका केसीलाई पक्राउ गरेको छ।

उनलाई साइबर ब्युरोको हिरासतमा राखिएको छ। कथावाचिका राधिका दासीको उजुरीका आधारमा ब्युरोले केसीलाई बिहीबार पक्राउ गरेको हो। सामाजिक सञ्जालबाट भ्रम फैलाउन सक्रिय रहेको उनीविरुद्ध आरोप छ।

धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा केसीले आफूलाई चिनाउने गरेकी थिइन्। धार्मिक ‘माता’ र ‘धर्मगुरु’हरूविरुद्ध उनले भण्डाफोर अभियान सञ्चालन गरेकी थिइन्।

यसअघि सामाजिक सञ्जालमा आएका विवादित अभिव्यक्तिका कारण उनी कार्यरत शैक्षिक परामर्श संस्था (जीबीएस कन्सल्टेन्सी) ले जागिरबाटै बर्खास्त गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस