रास्वपाको पहिलो चरणको मतदान सकियो, ३ हजार मत खस्यो
काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनको पहिलो चरणको मतदान सकिएको छ।
बुधबार राति १२ः ३५ बजेदेखि सुरु भएको निर्वाचन भर्खरै सकिएको हो।
९९ जना केन्द्रीय सदस्यका लागि भएको मतदानमा ३ हजारको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
मतदान सम्पन्न भएको दुई घण्टाभित्रै निर्वाचनको परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।
