धनगढी विमानस्थलको सुरक्षा जिम्मेवारी बमलाई
धनगढी : धनगढी विमानस्थलको सुरक्षा जिम्मेवारी परिवर्तन गरिएको छ । धनगढी विमानस्थलमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) मानबहादुर बिष्ट अनिवार्य अवकाशमा गएपछि उनको स्थानमा वरिष्ठ प्रहरी नायब निरीक्षक राजेन्द्र बमलाई खटाइएको छ।
नयाँ जिम्मेवारी सहित धनगढी विमानस्थलको सुरक्षा नेतृत्व पाएका बम यसअघि जिल्ला प्रहरी कार्यालय कैलाली मा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयमा रहँदा उनले प्रशासनिक रुपमा सुरक्षा व्यवस्थापन, समन्वय र सेवा प्रवाहमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
यसैबीच, लामो समयदेखि धनगढी विमानस्थलमा कार्यरत रही सुरक्षा व्यवस्थापनमा योगदान पुर्याएका वरिष्ठ सई मानबहादुर बिष्ट अनिवार्य अवकाशमा गएका छन्।
