डडेल्धुरामा रुखबाट खसेर एक शिक्षकको मृत्यु

द एभरेष्ट पोष्ट
११ जेठ २०८३ १६:३३
डडेल्धुरामा रुखबाट खसेर एक शिक्षकको मृत्यु

डडेल्धुरा, ११ जेठ  /  डडेल्धुरामा रुखबाट खसेर एक शिक्षकको मृत्यु भएको छ । अजयमेरु गाउँपालिका-१ खतेडाका ३७ वर्षीय शिक्षक लक्ष्मी भण्डारीको मृत्यु भएको हो ।

आफ्नै घर नजिक डालेघाँसको रुखमा स्याउला काट्ने क्रममा रुखबाट खसेर घाइते भएकी उनलाई डडेल्धुरा अस्पतालामा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।

उनी घनघस्या माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस