सुदुरपश्चिम महोत्सवको आम्दानी ३ करोड ७३ लाख
यशोदा शर्मा, धनगढी ।
सुदुरपश्चिम महोत्सव २०८२ को कुल आय व्यय तथा प्रगति विवरण सार्वजनिक गरिएको छ । आज कैलाली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै महोत्सवको कुल आय व्यय तथा प्रगति विवरण सार्वजनिक गरेको हो ।
महोत्सवमा कुल आम्दानी ३ करोड ७३ लाख ५८ हजार ३ सय ६७ रुपैया भएको संघले जनाएको छ । यस्तै जम्मा खर्च २ करोड ६३ लाख १ हजार ७ सय ४० रुपैया भएको छ ।
कर अघिको वचत १ करोड १० लाख ५ट हजार ६सयद २८ रुपैया रहेको छ भने कर अन्र्तगत संघिय सरकार आन्तरिक राजस्व कार्यालयलाई करिव २७ लाख ६४हजार १ सय ५७ रुपैया, मुअ कर १३ लाख १८ हजार ९ सय १२ रुपैया कर तिरेको जनाईएको छ । अग्रिम आय कर कलाकार तथा अन्य वस्तु तथा सेवामा १० लाख ६९ हजार ७ सय ७९ रपैया खर्च भएको छ । ५१ लाख ५२ हजार ८ सय ४८ रुपैया संघिय सरकारलाई कर तिरेको संघले जनाएको छ । यस्तै स्थानिय सरकारलाई पनि ९ लाख १ हजार ४ सय ८७ रुपैया कर तिरेको जनाईएको छ ।
संघका अध्यक्ष पुस्कर राज ओझाले सुदुरपश्चिम महोत्सव केवल व्यापारिक मेला मात्र नभई सुदुरपश्चिमको र बहुआयामिक साझा महोत्सवको रुपमा विकास भईसकेको बताए । उनले सुदुरपश्चिम महोत्सवलाई संघले यँहाका भेषभूषा, रितिरिवाज,संस्कृति, सम्भावना र व्यवसायको साझा मञ्च सामाजिक उत्तरदायित्व वहन गर्ने थलोको रुपमा हेरेको बताए । महोत्सवबाट प्राप्त आमदानीबाट संघका सम्पुर्ण सदस्यहरुको दुर्घटना विमा गरिएको पनि उनले जानकारी दिए ।
सुदुरपश्मिमा भएका सम्भावना लाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सबै सरोकारवाला आफै छलफल संवाद गर्ने र साझा निष्कर्ष निकाल्ने उद्येश्यले भिज सुदुरपश्चिम कार्यक्रमको थालनि गरिएको छ । महोत्सव अवधिभर प्रत्यक्ष रुपमा दुई हजार भन्दा बढि स्थानियहरुले रोजगारी प्राप्त गरेका जनाइएको छ ।
महोत्सव कृषि पर्यटन उद्योग र व्यापार समद्ध सुदुरपश्चिमको आधार भन्ने मुल नाराका साथ मंसिर २२ गतै देखी पौस ६ गतै सम्म सञ्चालन भएको थियो । चुनावका कारण महोत्सबको आय व्यय सार्वजनिक गर्न ढिलाइ भएको संघले जनाएको छ
