अछाम २ मा एमालेका बोगटी बिजयी
अछाम, २४ फागुन ।
अछाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञ बोगटी बिजयी भएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार पुष्प बहादुर शाहलाई ४७२ मतले पछि पार्दै एमालेका बोगटी निर्वाचित भएका हुन् ।
ढकारी गाउँपालिका वडा ८ को मतगणना समाप्त भएसंगै अछाम क्षेत्र नम्बर २ को मतगणना सकिएको हो । त्यसअघि ४५९ मतले अगाडि रहेका बोगटीले अन्तिम वडामा समेत शाहलाई रोकेर जित निकालेका हुन् ।
अछाममा २ मा खसेका ३२,४०८ मतमध्ये बोगटीले ९५१८ मत पाए । उनलाई शुरुवातदेखि पछ्याईरहेका शाहले ९०४६ मत पाए ।
प्राप्त मतसंख्याका आधारमा तेस्रोमा नेकपाका बल बहादुर कुँवर रहे । कुँवरले ६४९३मत ल्याएका छन् । चौथोमा रास्वपाका भुप देव शाह रहेका छन् । शाहको ४५६२ मत रहेको छ ।
अन्य उम्मेदवारहरुले पाएको मत विवरण :
• गुलाब : ५५८
