विवाह गर्दै रश्मिका र विजय, सामाजिक सञ्जालमार्फत गरे पुष्टि

द एभरेष्ट पोष्ट
११ फागुन २०८२ १२:१९
विवाह गर्दै रश्मिका र विजय, सामाजिक सञ्जालमार्फत गरे पुष्टि

दक्षिण भारतीय फिल्म उद्योगका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डाले अन्ततः आफ्नो विवाहको आधिकारिक पुष्टि गरेका छन्।

लामो समयदेखि प्रेम सम्बन्धबारे विभिन्न अड्कलबाजी चलिरहेका बेला दुवैले सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन्।

यी दुईले आ-आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत सुन्दर नोट सेयर गर्दै विवाहको पुष्टि गरेका छन्।

उनीहरूले आफूहरूलाई फ्यानहरूले दिएको ‘विरोष’ नामप्रति आभार व्यक्त गरेका छन्। दुवैको नाम जोडेर बनाइएको उक्त उपनामलाई उनीहरूले विशेष अर्थपूर्ण रूपमा लिँदै आफ्नो वैवाहिक यात्रालाई पनि सोही नामसँग जोड्न चाहेको उल्लेख गरेका छन्। सधैं साथ र माया दिँदै आएका शुभचिन्तक तथा फ्यानहरूप्रति आभार समेत व्यक्त गरेका छन्।

रश्मिका र विजयको विवाह यही २६ फेब्रुअरीमा भारतको राजस्थानस्थित उदयपुरमा निजी समारोहकाबीच सम्पन्न हुने जनाइएको छ। पारिवारिक सदस्य र निकट साथीहरूको उपस्थितिमा ऐतिहासिक महलमा विवाह हुन लागेको भारतीय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।

रश्मिका र विजयले सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘गीता गोविन्दम’ र सन् २०१९ मा ‘डियर कमरेड’ मा संगै अभिनय गरेका थिए। ती फिल्ममा उनीहरूको अभिनय र केमेस्ट्रि दर्शकहरूले अन्त्यन्त रूचाएका थिए। विवाहको पुष्टि भएसँगै सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस