बाजुरामा भारी असिना पानीले खेतीबाली नष्ट, किसान चिन्तित

द एभरेष्ट पोष्ट
८ फागुन २०८२ १३:३४
बाजुरामा भारी असिना पानीले खेतीबाली नष्ट, किसान चिन्तित

बाजुरा: त्रिवेणी नगरपालिकाको विभिन्न क्षेत्रमा बिहिबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म परेको भारी असिनाले यहाँका किसान त्रसित भएका छन्।

त्रिवेणी–७ का स्थानीय गोरख ऐडीका अनुसार मालाकोट, धामीबाडा, कोसेडी र तोलीको जुम्ली डाँडासम्म लगातार एक घण्टासम्म परेको असिनाले गहुँबाली, आलु, प्याज, टमाटर लगायतका तरकारी पूर्ण रूपमा नष्ट भएको छ।

किसानहरूले हिउँदमा मेहनत गरेर लगाएका बाली असिनाले नष्ट भएपछि अब वर्षा हुने समयमा खाने कुरा के हुन्छ भन्ने चिन्तामा परेको ऐडीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस