भोलिदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

द एभरेष्ट पोष्ट
९ माघ २०८२ १७:०९
भोलिदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै- भोलिदेखि नेपालमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि रातिदेखि पर्सि शनिवार बेलुकासम्म विशेष गरेर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षासँगै उच्च हिमाली भूभागहरूमा मध्यम हितपात हुने सम्भावना पनि रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

वरिष्ठ मौसमविद् पौडेलकाअनुसार यही माघ १३ गते मङ्गलवार रातिदेखि फेरि सामान्य वर्षाको सम्भावना रहेको छ । यसअघि गएको हप्ता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरूमा सामान्य वर्षा र उच्च हिमाली भूभागहरूमा मध्यम खालको हिमपात भएको थियो ।

अहिले देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । भोलिदेखि आउने प्रणालीले हुस्सु लागिरहेका तराईका जिल्लामा हुस्सु हट्नुका साथै वायु प्रदूषण पनि घटाउने मौसमविद्ले बताएका छन् ।

यस वर्षको हिउँदमा वर्षा र हिमपात कम हुनुका साथै तापक्रम औसतभन्दा माथि रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस