समानुपातिक सूची बुझाउने अन्तिम समयमा कुलमान र रास्वपाबिच छलफल
काठमाडौं : उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, बालेन साह बीच छलफल जारी रहेको छ। समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउने अन्तिम समयअघि तीनै जना पुनः छलफलमा जुटेको उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए।
घिसिङसँग विभिन्न चरणमा छलफल भएपनि लामिछाने र साहबीच हिजो मात्र सहमति भएको थियो। उनीहरूबिच यस अगाडिका छलफल निष्कर्षविहीन बनेपछि बालेन र रास्वपाले मिलेर समानुपातिक सूची तयार गरिरहेका छन्। तर रास्वपाको केन्द्रीय कमिटीको बैठक चलिरहँदा पुन: कुलमान घिसिङसहितको नेतृत्वबिच भेट भएको हो।
