रवि आउने भएपछि रुपन्देही जिल्ला अदालतको सुरक्षा व्यवस्था कडा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रुपन्देही पुग्दै छन् । लामिछाने जाने भएपछि रुपन्देही जिल्ला अदालतको सुरक्षा व्यवस्था कडा पारिएको छ । लामिछाने भैरहवा जान शुक्रबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर दिउँसो १ बजेसम्म पनि भैरहवाको मौसम खराब हुँदा काठमाडौंमै रोकिएका थिए ।
पछि उनी भरतपुर हुँदै रुपन्देहीतर्फ लागेका छन् । बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै अदालती प्रक्रिया पूरा गर्न लामिछाने रुपन्देही जान लागेका हुन् ।
उनी साँझ साँढे पाँच बजेसम्म अदालत पुग्ने उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।
