गभर्नर पौडेललाई बर्खास्त गर्न जेन-जी युनाईटेडको माग

द एभरेष्ट पोष्ट
२९ मंसिर २०८२ १४:२४
गभर्नर पौडेललाई बर्खास्त गर्न जेन-जी युनाईटेडको माग

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेन-जी युनाइटेडले अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

अर्थतन्त्रलाई चलाउमान बनाउनका लागि वर्तमान गभर्नर पौडेलबाट सकारात्मक काम हुन नसकेको र अनुभव समेत नभएको भन्दै पौडेललाई बर्खास्त गरेर नयाँ गभर्नर नियुक्तिको माग गर्दै अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।

राष्ट्र बैंक ऐनलाई लत्त्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको चलखेलमा नियुक्त गरेको, गभर्नरविरुद्ध विभिन्न निकायका अनुसन्धान भइरहेको र अनुभवका हिसाबले समेत पौडेलको नियुक्ति राष्ट्र बैंक ऐनको विरुद्ध भएको बर्खास्त गर्न माग गरिएको जेन-जी युनाइटेडका संयोजक जनक परियारले जानकारी दिए ।

जेन-जी युनाइटेडले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, अर्थ मन्त्रालयमा बिचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा बित्तिय संस्थाको मनपरीलाई रोक्नुपर्ने, बैदेशिक ऋणको सदुपयोग गर्नुपर्ने लगाएका माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस