विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यको पुनर्बहाली

द एभरेष्ट पोष्ट
२५ मंसिर २०८२ १२:५५
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यको पुनर्बहाली

काठमाण्डौ-  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् ।

आज बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क, काठमाण्डौ पुगेर उनले कार्यभार सम्हालेका हुन् । सर्वोच्च अदालतको परमादेशपछि उनी प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली भएका हुन् ।

शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने गएको असोज ५ मा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालतले अस्ति सोमबार खारेज गरिदिएको थियो ।

कार्यभार सम्हाल्दै शाक्यले आफ्ना कार्यक्रमलाई पहिला भन्दा पनि अझ बढी जोश र लगनशिलतासहित अघि बढाउने प्रतिवद्धता जनाए । सरकारको नीति निर्देशन बमोजिम प्राधिकरणको आफ्नो हक हितलाई सर्वोपरी ठानेर अघि बढ्ने बताए । अबको साढे तीन वर्ष एउटा निश्चित गोल पूरा गर्नेगरी लाग्ने बताए ।

उर्जामन्त्री र आफूले राम्रोसँग विद्युतको क्षेत्र बुझेकाले मिलेर काम गर्ने बताए । शाक्यले विद्युत प्राधिकरणका आफ्नै आयोजनाहरु पनि हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस