थाइल्याण्ड–कम्बोडियाबीच झडप र हवाई हमला, विद्यालय र अस्पताल बन्द
काठमाडौं : थाइल्याण्ड र कम्बोडियाबीच फेरि तनाव बढ्दै गएको छ। दुई देशबीच झडप र हवाई हमलापछि हजारौँ थाइल्याण्ड–कम्बोडियाली सीमाबाट भागेका छन्।
दुई देशबीच तनाव बढ्दै गएपछि मानिसहरू आफ्नो सुरक्षाबारेमा चिन्तित भएका छन्। यस्तै व्यवसाय अवरुद्ध भएका छन् भने विद्यालय र अस्पताल बन्द छन्।
थाइल्याण्डको सी सा केट प्रान्तका एक बासिन्दाले बीबीसी थाईलाई भने,ʻयो साँच्चै पीडादायी छ। म सधैँ चिन्तित थिएँ।ʼ
ती बासिन्दाले आफ्नो खेत र घर झडप भएको ठाउँ नजिकै रहेको र आफूहरूले गोली चलेको आवाज स्पष्ट रूपमा सुनिएको बताए।
