नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने थाइल्याण्डको प्रतिबद्धता

द एभरेष्ट पोष्ट
१८ मंसिर २०८२ १७:१३
नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने थाइल्याण्डको प्रतिबद्धता

काठमाडौं । थाइल्याण्डका कार्यवाहक राजदूत मामुसाभी मौसाकुलले नेपालको विकास प्रयासमा थाइल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

थाइल्याण्डको राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राजदूत मौसाकुलले थाइल्याण्ड र नेपालका बौद्ध सम्पदाले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाएको बताइन् । नेपालको कृषि क्षेत्रको उन्नयनका निम्ति थाइल्याण्डले यथासम्भव सहयोग गर्दै आएको बताउँदै उनले हालै जैविक कृषिबारेमा नेपाली किसानलाई प्रशिक्षण दिइएको जानकारी दिइन् ।

त्यस अवसरमा परराष्ट्र मन्त्रालयका निमित्ति सचिव कृष्णप्रसाद ढकाल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका थाई नागरिक, उद्यमी, व्यवसायी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो । रासस  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस