प्राधिकरणका महानिर्देशक र पूर्वनिर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

द एभरेष्ट पोष्ट
१८ मंसिर २०८२ १५:१९
प्राधिकरणका महानिर्देशक र पूर्वनिर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक भण्डारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । करिब १३ करोड रुपैयाँ बिगो कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियारले अनुसन्धान गरेको थियो । इआईए नगरी आयोजना निर्माण गरेको, निर्माणमा अनियमितता गरेकोलगायत कसुर स्थापित भएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस