लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ सुरु

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८२ १७:३४
लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ सुरु

काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रबर्द्धन गर्ने उद्देश्यले डिजिटल डिसेम्बर २०२५ अभियान सुरु गरेको छ । ‘इम्पावरिङ इन्टरप्राइजेज’ नाराका साथ देशव्यापी अभियान सुरु भएको बैंकले जनाएको छ ।

डिसेम्बर महिनाभर यो अभियान चल्नेछ । यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायको कारोबारका लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य लिइएको बैंकले जनाएको छ।

‘अघिल्ला वर्षमा थालिएको उपभोक्ता केन्द्रित अभियानबाट यस वर्ष उद्यम केन्द्रित डिजिटल रूपान्तरणतर्फ थालनी हुनु एक महत्वपूर्ण फड्को हो’ बैंकले विज्ञप्तिमा भनेको छ ।

डिजिटल डिसेम्बर २०२५ ले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संघ संस्था तथा प्रतिष्ठान, खुद्रा तथा थोक बिक्रेता, आईटी, वित्त, स्वास्थ्य सेवा, शिक्षा, र आतिथ्य लगायतका सबै क्षेत्रका उद्यमहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ ।

यो अभियान उद्यमीहरुलाई डिजिटल बैंकिङका माध्यममा सक्रिय बनाउँदै उच्च मूल्यको नगद तथा चेक कारोबारलाई डिजिटल च्यानलमा रूपान्तरणा गर्ने र एपीआई तथा होस्ट टू होस्ट कनेक्टिभिटी मार्फत ग्राहकका प्रणालीबाट सिधै भुक्तानी गर्न मिल्नुका साथै भुक्तानी प्रकृयामा सहजीकरण गर्ने विषयमा केन्द्रित रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस