पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश

द एभरेष्ट पोष्ट
१३ मंसिर २०८२ १७:०९
पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी (अतिरिक्त महानिरीक्षक) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

उनी शुक्रबार पार्टी कार्यालय चःमतिमा आयोजित कार्यक्रममार्फत पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशपछि बोल्दै उनले सभापति रवि लामिछानेलाई फसाइएको बताए । रास्वपालाई देशको नेतृत्व गर्ने पार्टी बनाउनुपर्नेमा जनताले विचार गर्नुपर्ने उनको भनाइ छ ।

आफूले प्रहरी सेवामा रहँदा आर्जन गरेको अनुभव लागु गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस