मिराज ढुंगाना नेतृत्वको जेन-जी युवा समूहलाई सिंहदरबार प्रवेशमा रोक

द एभरेष्ट पोष्ट
१० मंसिर २०८२ १४:५५
मिराज ढुंगाना नेतृत्वको जेन-जी युवा समूहलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री कार्यालयको अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरूलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटमा रोकेको हो । आफूहरू जसरी पनि सिंहदरबार छिर्न पाउनुपर्ने भन्दै युवाहरूले प्रदर्शन गर्न खोजेपछि प्रहरीले लखेटेर हनुमानस्थान पुल कटाएको थियो ।

त्यसपछि उनीहरु हनुमानस्थान नजिक धर्नामा बसेका थिए । सो क्रममा जेन-जी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्रीसँग भेट्न पटक पटक समय माग्दा पनि नपाएपछि आफूहरू भित्र जान खोजेको बताए ।

जेन-जी युवाहरूको मागलाई वेवास्ता गर्दै सरकार निर्वाचनमा मात्रै केन्द्रीय भएको विषयमा आफूले प्रधानमन्त्रीलाई अवगत गराउन खोजेको उनको भनाइ छ । उनले युवाहरूलाई स्वदेशमा नै गरिखान दिने वातावरण बनाउनुपर्ने र यसका लागि स्थिर सरकार आवश्यक रहेको धारणा राखे ।

उनले प्रधानमन्त्रीलाई जेन-जी युवाहरूको भावना विपरित चल्ने छुट नभएको बताए । उनले अबको निर्वाचनमा राजनीतिक दलहरूलाई प्राथमिकता दिन खोजेको भन्दै पुरानै दलहरू पुन फर्किए आफूहरूको माग पुरा हुन नसक्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस