एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा भव्य रुपमा सम्पन्न

द एभरेष्ट पोष्ट
१० मंसिर २०८२ ५:५३
एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा भव्य रुपमा सम्पन्न

कोलोराडो, २४ नोभेम्बर ।
एटीए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र फिलिप आर्केष्ट्रा बोल्डरद्धारा संयुक्त रुपमा आयोजित फिल्म अवार्डको ८औं संस्करण कला तथा साहित्य क्षेत्र उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आईतवार बोल्डर थियटरमा सम्पन्न भएको हो ।

समारोहमा पाँच दशकदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान पु¥याए वाफत चरित्र अभिनेता रामचन्द्र अधिकारीलाई दीर्घ साधना सम्मान प्रदान    गरियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र साहित्यकार पदम विश्वकर्मालाइ अभियान श्री अवार्डबाट सम्मान गरियो ।
चलचित्र पूर्ण बहादुरको सारंगीका नायक बिजय बरालले जुरी अवार्ड हात पारे ।

चलचित्र विकास बोर्डलाई गिहिन्द्र धिमाल स्मृति सम्मान र नायिका स्वस्तिमा खड्कालाई रामकेशर बोगटी स्मृति सम्मान प्रदान गरियो ।

प्रवासमा बस्नेहरूको लगानीमा निर्मित दुइ फिल्म डोरी र कर्मालाई एनएफएस सम्मान पुरस्कार (प्रवास) प्रदान गरियो ।

प्रवासमा निर्माण भएको चलचित्र तेल भिसा र निर्देशक शंकर घिमिरेलाई समारोहमा सम्मान गरियो ।

त्यस्तै ‘फिल्म अफ दी इयर’ पुजार सार्की फिल्मलाई प्रदान गरियो । ‘डाईरेक्टर अफ दी इयर’ बाट पुजार सार्कीका डाईरेक्टर दिनेश रावत सम्मानित भए । ‘एक्टर अफ दी इयर’ बाट पुजार सार्की फिल्मकै प्रदीप खड्का र बोक्सीको घरबाट केकी अधिकारी सम्मानित भईन् ।

यसैगरी ‘बेष्ट सर्पोटिङ रोल’ को अवार्ड छक्का पञ्जा ५ का केदार घिमिरेले पाए । ‘स्टार अफ डिकेड’ बाट दिलिप रायमाझी सम्मानित भए । ‘नव अभिनेता’ अवार्ड १२ गाँउका नायक समिर भट्टले पाए । नायिका तर्फ सो अवार्ड लण्डन टु पेरिसबाट गरिमा शर्माले पाईन । सोही समारोहमा ‘उदाउँदो तारा’ अवार्ड नायिका दिव्या रायमाझीलाई प्रदान गरियो ।

समारोहमा बिशिष्ट अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चर्चित हास्य कलाकार बसुन्धरा भुषाल, आङ तेम्वा शेर्पा,सुनिल पाठक, गजेन्द्र कार्की, कृष्ण सुनार, गौतमबुद्ध महर्जन, आईबीसी ईन्डिपेण्डेट बायर कम्पनीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि बोल्डर सिटीका मेयर आरोन ब्रोकेट र बिशेष अतिथि बोल्डर काउन्टी कमिष्नर मार्था लोचमिन लगायतका विशिष्ट व्यक्तित्वहरुले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको समारोहमा नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाईएको थियो ।

प्रमुख अतिथि बोल्डर सिटीका मेयर आरोन ब्रोकेट र बिशेष अतिथि बोल्डर काउन्टी कमिष्नर मार्था लोचमिन, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठ लगायतले समारोहमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले चलचित्र क्षेत्रको विकासमा योगदान पु¥याएका पुराना कलाकारलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड समारोह आयोजना गर्दै आएको बताए ।

ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्ष नवराज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै अवार्ड समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

तीन पुस्ताका कलाकारहरुको अपूर्व जमघट रहेको अवार्ड समारोहमा तीनै पुस्ताका कलाकारहरुको नृत्य, गायन र हास्य प्रस्तुतीले सहभागीहरुलाई मन्त्रमुग्ध बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस