लुम्बिनीमाथि कर्णालीको सानदार जित

द एभरेष्ट पोष्ट
७ मंसिर २०८२ १४:३४
लुम्बिनीमाथि कर्णालीको सानदार जित

कैलाली। नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीमबहादुर रावलले आफूहरू ताजा जनादेशमा जान तयार रहेको बताएका छन् ।   नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा आयोजना गरेको पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उहाँले यस्तो बताएका हुन ।

आगामी फागुन २१ गतेको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी नेपाली जनताको साथ समर्थन लिएर बहुमत ल्याएर स्थापित भएर राज्य सञ्चालन गर्ने बताए ।

उनले निर्वाचनका लागि अहिलेको अन्तरिम सरकारले पूर्णरुपमा सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने जिकिर गरे ।

धनगढीमा पार्टी एकता सन्देश सभा तयारी छलफलमा बोल्दै उहाँले मतदाताले स्वतन्त्र भएर भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्ने बताए ।

उनले भने, “सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । तर, जेलबाट भागेका कैयौँ कैदीबन्दी बाहिर नै छन् । कयौँ थान गोली, बन्दुक अझै राज्यको नियन्त्रणमा आइसकेको छैन् ।  देशलाई अहिलेको विषम परिस्थितिमा राष्ट्रलाई बचाउनका लागि, नेपाली जनतालाई कष्टबाट जोगाउनका लागि, नेपाली जनताको स्वाधीनता, राष्ट्रको अखण्डताको रक्षाका लागि लाग्नु पर्ने बेला आएको छ ।”

नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १२ गते धनगढीमा पार्टी एकता सन्देश सभा गर्ने भएको छ । त्यसैको तयारीका लागि छलफल कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस