प्रसाईंको ‘नागरिक बचाउ दल’ दर्ताका लागि सनाखत

द एभरेष्ट पोष्ट
१ मंसिर २०८२ १४:०८
प्रसाईंको ‘नागरिक बचाउ दल’ दर्ताका लागि सनाखत

काठमाडौं  । दुर्गा प्रसाईंको ‘नागरिक बचाउ दल’ दर्ता प्रयोजनका लागि सनाखत गरिएको छ । नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आइतबार निर्वाचन आयोग पुगेर नयाँ पार्टीका लागि सनाखत गरेका छन् ।

अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको ‘नागरिक बचाउ दल, नेपाल’का लागि उनले सनाखत गरेका हुन् । दलको प्रस्तावित अध्यक्षसमेत रहेका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गरे ।

सनाखतपछि कल्पितले आगामी प्रतिनिधिसभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेन्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गरे । उनले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रूपमा उभिने दाबी गरे ।

“हामी राजनीतिमा सेवा र समर्पण गर्नका लागि नागरिक बचाउ दल स्थापना भएको हुँदा आगामी चुनावमा हामी अरू दलभन्दा पल्ला भारीको रूपमा जनताको पक्षमा काम गर्नका लागि संसद् भवन र सिंहदरबार छिर्नेछौँ,” उनले भने ।

न्युज एजेन्सी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

देशभरको मौसम सफा रहने

३० कार्तिक २०८२ ८:१८

खोज्नुहोस