नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालकाे विजयी शुरुआत

द एभरेष्ट पोष्ट
२७ कार्तिक २०८२ १५:१४
नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालकाे विजयी शुरुआत

काठमाण्डाै – भारतमा चलिरहेको नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले विजयी शुरुआत गरेको छ ।

श्रीलङ्काले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमै मात्र १ विकेट गुमाएर भेटायो । नेपालकी मनकेशी चौधरीले २२ बलमा नटआउट ६१ रन बनाइन् । श्रीलङ्काकी सन्दया निलान्थीले १ विकेट लिइन् ।

यसअघि दिल्लीमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । श्रीलङ्काकी कप्तान तथा विकेटकिपर मिहिरानी दुलान्जलीले सबैभन्दा धेरै २३ रन बनाइन् । नेपालकी कान्ति योगीले ३ विकेट लिइन् ।

नेपालले अब दोस्रो खेलमा पर्सि शुक्रवार भारतसँग खेल्नेछ ।

हिजोदेखि शुरू भएको नेत्रहीन महिला टी–२० विश्वकपको फाइनल खेल आउँदो मङ्सिर ७ गते हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा भारत, नेपालसहित, अमेरिका, श्रीलङ्का, अस्ट्रेलिया र पाकिस्तान गरी ६ वटा देशको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस