बुधबार दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीका विषयमा राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।
माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचन र फागुन २१ प्रतिनिधिसभा चुनावबारे बुधबार छलफल गर्न लागिएको हो ।
आयोगका अनुसार बुधबार बिहान साढे ११ बजे निर्वाचन आयोगको सभाहलमा छलफल गर्ने गरी राष्ट्रियसभा, स्थानीय तह र तत्कालीन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १६ दललाई पत्राचार गरिएको छ । राजनीतिक दलका प्रमुख पदाधिकारी वा दलले तोकेको एकजना प्रतिनिधिलाई बोलाइएको छ ।
पत्राचार गरिएका १६ दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्तन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) रहेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, हाम्रो नपाली पार्टी, नेपाल समाजावदी पार्टी (नयाँ शक्ति), नेपाल संघीय समाजवादी पार्टी र रतराई मधेश लोकतान्त्रिक पार्टी छन् ।
