प्रिमियरले आयोजना गर्यो नेपालकै पहिलो विद्यालयस्तरीय TEDx कार्यक्रम
ललितपुर – प्रिमियर इन्टरनेसनल (IB Continuum School)ले नेपालकै पहिलो विद्यालयस्तरीय TEDx कार्यक्रम आयोजना गरेको छ। ‘Greatness Begins Here’ (ग्रेटनेस बिङ्गस् हेयर) भन्ने विषयमा केन्द्रित उक्त कार्यक्रमले युवाको सृजनशीलता, नेतृत्व, विचारशीलता र विश्वनागरिकताको अभिव्यक्त गर्यो।
कार्यक्रममा विद्यालयका तीन तह — Primary Years Programme (PYP), Middle Years Programme (MYP) र Diploma Programme (IBDP) — का विद्यार्थीहरूले प्रतिनिधित्व गर्दै आफ्ना विचार प्रस्तुत गरे। विद्यार्थी वक्ताहरूमा दशनीका न्यौपाने (PYP 5), ज्योत्सना खड्का (MYP 1), आयुष्यमान अग्रवाल (MYP 3), सौय श्रेष्ठ (Grade 10), मन्त्र पोखरेल (Grade 10) र हृदमा अग्रवाल (IBDP 1) रहेका थिए।
उनीहरूले साहस, सहानुभूति, आत्मअभिव्यक्ति र अडानका आफ्ना व्यक्तिगत अनुभव बाँड्दै “साना कुराबाटै प्रेरणा र प्रभाव सुरु हुन्छ” भन्ने कुरा देखाए ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, मिडिया व्यक्तित्व सुगन्धा केसी, वैज्ञानिक डा. सुनिता घिमिरे गौतम (2024 OWSD Early Career Fellow), सामाजिक उद्यमी वक्रान्त पाण्डे (Fightback Nepal) र विज्ञापन क्षेत्रमा क्रियाशील प्रमुख वक्ताका रूपमा (Outreach Nepal)का संस्थापक तथा (Advertising Association of Nepal)का उपाध्यक्ष- उज्ज्वल शाक्य सहभागी थिए।
उनीहरूले नेतृत्व, सामाजिक उत्तरदायित्व, विज्ञान, सञ्चार र नवप्रवर्तनका विषयमा उदाहरणीय विचारहरू प्रस्तुत गर्दै विद्यार्थीहरूलाई जिम्मेवार र सृजनशील नागरिक बन्न प्रेरित गरे।
कार्यक्रममा विद्यालयकी संस्थापक निर्देशक पवित्रा लम्बूले धन्यवाद ब्यक्त गर्दै भनिन्,“TED जस्ता प्लेटफर्महरूले विद्यार्थीहरूलाई नयाँ विचार पत्ता लगाउन, ती विचार साझा गर्न र कक्षाकोठाभन्दा बाहिरको जीवनका लागि तयार हुन मद्दत गर्छन्। आजको कार्यक्रम एउटा बौद्धिक र भावनात्मक यात्रा थियो, जसले विद्यार्थीहरूलाई अग्रगामी सोचका साथ अघि बढ्न प्रेरित गर्यो।”
विद्यालयका अनुसार TED र प्रिमियर दुवैले साझा गर्ने मूल्य — सृजनशीलता, नवप्रवर्तन र विश्वनागरिकता – यस मञ्चमार्फत स्पष्ट रूपमा अभिव्यक्त भएको छ।
