राष्ट्रपति पौडेलद्वारा ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

द एभरेष्ट पोष्ट
२४ कार्तिक २०८२ १२:०७
राष्ट्रपति पौडेलद्वारा ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण नेपालको स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गरेका छन्।

सिंहदरबारस्थित सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनको परिसरमा आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रुपमा ‘एनटिभी वर्ल्ड’ शुभारम्भ गरेका हुन्। यो च्यानलले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा बुझाउन सहयोग पुग्ने खालका सामग्रीहरू समावेश गर्ने लक्ष्य राखेको छ। सोही कार्यक्रममा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रसारण नेपालको लोगो र मोबाइल एप पनि सार्वजनिक गरेका थिए।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रूपान्तरित भएको सार्वजनिक सेवा प्रसारण नेपालले आज प्रथम वार्षिकोत्सव मनाएको हो। यससम्बन्धी विधेयक राष्ट्रपति पौडेलबाट २०८१ असोज २२ गते प्रमाणीकरण भएको थियो।

ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेदेखि सो कानुन कार्यान्वयनमा आएको हो, जससँगै रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस