भिजिट भिसामा नयाँ मापदण्ड : अब राहदानी, भिसा, टिकट र स्वघोषणा भए पुग्ने

द एभरेष्ट पोष्ट
१५ कार्तिक २०८२ ११:०७
भिजिट भिसामा नयाँ मापदण्ड : अब राहदानी, भिसा, टिकट र स्वघोषणा भए पुग्ने

काठमाण्डौ – सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज गरेको छ । अध्यागमन विभागको प्रस्तावमा गृह मन्त्रालयले छ बुँदे मापदण्ड खारेज गरेको हो । अब भिजिट भिसामा विदेश जाँदा छ महिना अवधि भएको राहदानी, गन्तव्य देशको भिसा, दुईतर्फी हवाई टिकट र आफू स्वेच्छाले यात्रा गर्न लागेको स्वघोषणा भए पुग्ने गरी नयाँ मापदण्डको व्यवस्था गरिएको छ ।

यसअघि दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तकोमा बस्ने भए यसको तीन पुस्ते विवरण खुल्ने कागजात, छ महिना अवधि भएको वैध राहदानी, वैध भिसा, पाँच सय डलर साथमा बोक्नुपर्ने लगायतका प्रावधान थियो । यूएई, बहराइन, कुवेत, कतार, ओमान र साउदीका लागि स्वघोषणा गर्नुपर्ने प्रावधान पनि थियो ।

यी मापदण्डमा विरोध भएपछि विवादास्पद प्रावधान हटाएर अब वैध राहदानी र भिसा, दुईतर्फी टिकट र स्वघोषणा भए पुग्ने प्रावधान राखिएको हो । नयाँ व्यवस्थाले भिजिट भिसामा विदेश जान चाहनेलाई सहज बनाउने र भिसाका आवरणमा हुने तस्करी तथा ठगी नियन्त्रणमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस