टीकापुरबाट दुई अजिङ्गरको उद्धार

द एभरेष्ट पोष्ट
४ कार्तिक २०८२ १०:१७
टीकापुरबाट दुई अजिङ्गरको उद्धार

धनगढीः कैलालीमा धान खेत र केराबारीमा भेटिएका दुई वटा अजिङ्गर सर्पको उद्धार गरिएको छ।

टीकापुर नगरपालिका–४ र ९ बाट दुर्लभ अजिङ्गरको उद्धार गरिएको हो। एउटा अजिङ्गर काटेको धान खेत र अर्को अजिङ्गर केराबारीबाट उद्धार गरिएको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए। उनका अनुसार स्थानीयले सर्प भेटिएको जानकारी गराएपछि सर्प उद्धारकर्मी विजय विक, सत्तीका प्रहरी इन्चार्ज यमबहादुर खड्का, प्रहरी चौकी कालाकुण्डाका इन्चार्ज दीपेन्द्र साउँदलगायतको टोलीले अजिङ्गगरको उद्धार गरेको हो।

उद्धार गरिएको अजिङ्गरलाई सत्ती कर्णाली सामुदायिक वनमा छोडिएको छ। वर्षा याममा यत्रतत्रबाट धान खेतसम्म पुगेका अजिङ्गर सर्प धान काट्ने बेलामा खेतमा भेटिने गरेका टीकापुरका सर्प उद्धारकर्मी लक्ष्मण उपाध्यायले बताए। यो बेला खेतमा अजिङ्गर रहने गरेकाले मेसिनले सावधानीपूर्वक धान काट्न र अजिङ्गरलाई हानी नोक्सान नगर्न उनको आग्रह छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस