के विवाहपछि संगीत छोड्दै छिन् टेलर स्विफ्ट ?

एजेन्सी । टेलर स्विफ्टले विवाहपछि संगीत नगर्ने हल्लालाई अस्वीकार गरेकी छन्। अमेरिकी पप स्टार टेलर स्विफ्टले बीबीसी रेडियो–२का स्कट मिल्ससँगको अन्तर्वार्तामा यसबारे खुलासा गरेकी हुन्। अन्तर्वार्तामा मिल्सले सोधे, “तपाईंको नयाँ एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ के तिम्रो अन्तिम एल्बम हो?”
मिल्सले भनेका थिए, “मैले केही फ्यानहरूलाई यस्तो भनिरहेका देखेँ – ‘अब ऊ बिहे गर्नेछे, बच्चा जन्माउनेछे, त्यसैले यो अन्तिम एल्बम हो।’”
यसमा टेलरले भनेकी थिइन्, “यो निकै अपमानजनक कुरा हो।”
उनले थपिन्, “मान्छेहरूले विवाह त्यसका लागि गर्दैनन् कि आफ्नो काम छोड्न। मलाई थाहा छ, फ्यानहरू कहिलेकाहीँ डराउँछन्, तर म उसलाई (ट्राभिसलाई) माया गर्छु किनभने ऊ मेरो कामलाई माया गर्छ र ऊ म कला र संगीत बनाउँदा म कति सन्तुष्ट हुन्छु भन्ने कुरा बुझ्छ।”
‘लभ स्टोरी’ गीतकी गायक स्विफ्टले भनिन्, आफू र ट्राभिस दुवै आफ्ना कामप्रति अत्यन्तै जोशिला भएकाले उनीहरूबीच राम्रो सम्बन्ध रहेको छ।
“ट्राभिसको सबैभन्दा राम्रो कुरा के हो भने ऊ आफ्नो कामप्रति निकै उत्साही छ। म मेरो कामप्रति उत्साही छु, जसले हामीलाई जोड्छ। कहिल्यै पनि ऊ यस्तो होइन कि ‘तिमी अझै पनि संगीत बनाइरहेकीछौ भनेर म असन्तुष्ट छु’ भन्ने कुरा गर्छ,” उनले हाँस्दै भनिन्।
टेलरले सन् २०२५ को अगस्टमा इन्स्टाग्राममार्फत एक सुन्दर बगैंचामा भएको प्रस्तावको तस्बिर साझा गर्दै ट्राभिससँग आफ्नो सगाइको घोषणा गरेकी थिइन्।
टेलरले अक्टोबर ३ मा आफ्नो नयाँ एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ सार्वजनिक गरेकी थिइन्, जसमा ‘द फेट अफ ओफेलिया,’ ‘ओपलाइट,’ र ‘एल्डेस्ट डटर’ जस्ता गीतहरू समावेश छन्।