मिराज ढुंगानाले भेटे प्रधानमन्त्रीलाई

द एभरेष्ट पोष्ट
१० असोज २०८२ १६:२८
मिराज ढुंगानाले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो पुस्ताको मागबारे ध्यानाकर्षण गराएका छन् । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर ढुंगानाले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् ।

गत भदौ २३ गते जेन–जी पुस्तालाई भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरु प्रदर्शनको आह्वान गरेका उनी त्यसयता निकै समय भूमिगतजस्तै भए ।

भदौ २३ र २४ गतेका दुवै आन्दोलनमा सहभागी नभएको हालै सार्वजनिक अभिव्यक्ति दिएका उनको आन्दोलनपछि जेन–जीको प्रतिनिधिको रुपमा सुदन गुरुङको सक्रियता देखिएपछि ढुंगानाको खोजी भइरहेको थियो ।

प्रदर्शनमा आए विरोध गर्ने, कालो झण्डा देखाउने बताएपछि आफू प्रदर्शनमा सहभागी नभएको उनले प्रष्टीकरण दिएका छन् ।

आन्दोलन र त्यसको केही दिनसम्म निस्क्रिय देखिएका ढुंगाना पुनः सक्रिय हुन थालेका छन् । सोही क्रममा उनले प्रधानमन्त्री कार्कीलाई भेटेर जेन–जी पुस्ताको मागबारे ध्यानाकर्षण गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस