आज समापन हुँदै सोह्र श्राद्ध

काठमाडौं– आज असोज ५ गते आइतवार असोज कृष्ण औँशीका दिनदेखि सोह्र श्राद्ध समापन हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि प्रारम्भ भएको पितृ पक्ष आज अपराह्न कालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।
आश्विन कृष्ण प्रतिपदादेखि प्रारम्भ हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न
हिन्दु परम्परा अनुसार छोरा तथा नातिले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ ।
पितृ पक्षको अन्तिम दिन भएकाले वर्षभरि कुनै कारणले श्राद्ध गर्न असम्भव भएको खण्डमा अमावस्या औँशीका दिन श्राद्ध गरिन्छ ।
पितृहरूको उद्धारका लागि घर–घर र तीर्थस्थलहरूमा श्राद्ध गरी पितृहरूको सम्झना गर्ने धार्मिक प्रचलन छ ।
सर्व पितृ मोक्ष औँशीमा पनि अन्य श्राद्ध कर्ममा झैँ पितृहरूका नाममा श्राद्ध तर्पण गरिन्छ । श्राद्ध गर्नाले पितृहरूले आफ्ना सन्तानलाई ऋणमुक्त गरिदिने तथा चित्त शुद्ध गराउने मान्यता छ ।
दशैँ–तिहार लगायत नेपालीहरूका मुख्य चाडपर्वका अगाडि आउने पितृ पक्षमा पितृहरूको सम्झना र सम्मान गरिन्छ ।
सोह्र श्राद्धको अन्तिम दिन सर्व पितृ मोक्ष औँशीलाई पितृ विसर्जन गर्ने दिन भनिन्छ । यो औँशीमा श्राद्ध सम्पन्न गरेपछि मानिसहरू महान् चाड बडादशैँको तयारीमा लाग्ने गर्छन् ।