प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता
                                 काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।
अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।
भेटमा विकसित राजनीतिक घटनाक्रमसहित राष्ट्रियसभाले अब खेल्नसक्ने भूमिकाको विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना पनि दिए। प्रधानमन्त्रीले देशलाई शान्ति र स्थिरतातिर लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने बताइन् ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी
                                        १९ कार्तिक  २०८२ १३:२९                                    
                                