नवनियुक्त प्रधानमन्त्री कार्की बानेश्वर र महाराजगञ्ज क्षेत्रको अनुगमनमा जाँदै
काठमाडौं — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की दउँसो ३ बजेआसपास बानेश्वर र महाराजगञ्ज क्षेत्रको अवलोकनमा जाने भएकी छन् । स्रोतका अनुसार कार्की तोडफोड र आगजनी भएका यी क्षेत्रको अवलोकनमा निस्कन लागेकी हुन् ।
जेन-जी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट मच्चिँदा काठमाडौंसहित देशभर अकल्पनीय जनधनको क्षति भएको छ । यस क्रममा राष्ट्रपति भवन शीतल निवाससहित प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन, सिंहदरबार, सर्वोच्च न्यायालयसहितका संरचना जलेर खरानी भएका छन् ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी
१९ कार्तिक २०८२ १३:२९
