कारागारबाट भागेका थिए १३ हजार, पक्राउ परे २ हजार

काठमाडौं । गत २४ गतेको प्रदर्शनपछि भड्किएको हिंसाको नाजायज लाभ उठाएर भागेका करिब २ हजार कैदीबन्दी विभिन्न स्थानबाट पक्राउ परेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसमध्ये केहीलाई स्थानीयले समाएर प्रहरी जिम्मा लगाएका हुन् । केही भने आफै सम्पर्क गरेर आएका छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार केन्द्रीय कारागार सुन्धारा र नख्खु कारागारसिहत २६ कारागार/बन्दीगृहबाट १३ हजार ६१ कैदीबन्दी भागेका थिए । त्यसमध्ये २ हजार जना विभन्न स्थानबाट पक्राउ/नियन्त्रणमा लिइएको विभागले जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले भागेका कैदीबन्दीलाई सम्बन्धित कारागारमा फिर्ता हुन आग्रह गरेको छ ।