नेपाल प्रहरीलाई टोपबहादुर भने- म कारागार फर्किन्छु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अहिले निस्केका टोपबहादुर रायमाझीले आफू कारागार गर्न तयार रहेको बताएका छन् ।
कारागार प्रशासन स्रोतकाअनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार फर्कन तयार रहेको कुरा बताएका हुन् । रायमाझीले ने आफू आउन तयार रहेको बताए पनि अहिले नआउन भनिएको कारागार स्रोतले बतायो ।
‘ठीक छ हाम्रै सम्पर्कमा रहनु होला । परिस्थिती सबै मिलेपछि खबर गर्छौं भनेर भनेका छौं’ कारागार प्रशासन स्रोतले भन्यो ।
रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा थिए । ३८ सय कैदीबन्दी रहेको यो कारागारबाट ३३ सय जति फरार भएका थिए । सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका थिए ।