देशको अमूल्य सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोयो : हरिवंश आचार्य

द एभरेष्ट पोष्ट
२५ भदौ २०८२ १५:५२
देशको अमूल्य सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोयो : हरिवंश आचार्य

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन–जी आन्दोलनमा भएको सम्पदा र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको बताएका छन् ।

संक्रमणकालीन अवस्थालाई बुदद्धिमानी, धैर्यता र सयंमित भएर अघि बढेर भोलिको उज्वल भबिष्य बनाउन सबै जुट्नु आवश्यक रहेको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘नेपाली जनताको चाहना भ्रष्टाचारको जरा उखेल्नु हो । जेनजी आन्दोलनले अब भविष्यमा पनि कसैले पनि त्यो दुस्प्रयास नगर्नेगरि उखेल्दिएको छ । तर, देशको अमूल्य सम्पदा र सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ । त्यो सम्पत्ति कुनै भ्रष्टाचारीको थिएन । सारा नेपाली जनताको सम्पत्ति हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस