पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव भेटियो

द एभरेष्ट पोष्ट
२५ भदौ २०८२ १२:४९
पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव भेटियो

काठमाडौं । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ ।

मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।

आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो । उनी यही घरमा काम गर्ने महिला रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

जेनजी भर्चुअल छलफलमा

२५ भदौ २०८२ १६:०१

खोज्नुहोस