चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरे ओली

द एभरेष्ट पोष्ट
१८ भदौ २०८२ १६:१२
चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरे ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् ।

गत शनिबारदेखि चीन भ्रमणमा रहेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपा प्रस्थान गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, उनी आज साँझ साढे ८ बजे काठमाडौं आइपुग्ने छन् ।

शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन् ।

यसक्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए ।

सम्मेलनकै क्रममा उनले भारती प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका थिए । यद्यपि मोदीसँग भने ओलीको द्वीपक्षीय भेटवार्ता भने भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस