सिडेनको अधिवेशन भदौ १४ मा, देउवा र शेखर-गगन पक्षबीच प्रतिस्पर्धा हुने

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अधिवेशन भदौ १४ गते हुने भएको छ।
अध्यक्षमा रविभुषण झा र धनेन्द्र केसीबीच प्रतिस्पर्धा हुने भएको छ। उनीहरूले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धाको तयारी गरेका छन्।
रविभुषण सभापति शेरबहादुर देउवानिकट मानिन्छन् भने धनेन्द्र नेता शेखर कोइराला र प्रदीप पौडेलनिकट छन्। धनेन्द्रको प्यानलबाट महासचिवमा भूपेन्द्र श्रेष्ठ छन्, उनी महामन्त्री गगन थापानिकट छन्।
रविभुषण प्यानलबाट महासचिवमा सुदर्शन शर्मा छन्। शर्मा उपप्रधानमन्त्री प्रकाशमान सिंहनिकट मानिन्छन्। साथै उनी नेविसंघ केन्द्रीय सदस्यसमेत छन्। त्यसबेला उनी शेखर समूहबाट केन्द्रीय सदस्य भएका थिए।