उपसभामुख राना जोडिएको विषयमा सीआईबीले थाल्यो अनुसन्धान

द एभरेष्ट पोष्ट
८ भदौ २०८२ १६:५१
उपसभामुख राना जोडिएको विषयमा सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उपसभामुख इन्दिरा राना जोडिएको बालबालिकाको अवैध ओसारपसार विषयको अनुसन्धान थालेको छ ।

राना प्रमुख रहेको तत्कालीन प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थामार्फत केही बालबालिका अवैध रूपमा विदेशी नागरिकलाई धर्मपुत्रका रूपमा दिएको खुलेपछि सीआईबीले चासो राखेको हो ।

सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङले विभिन्न माध्यममार्फत बालबालिको अवैध ओसारपसारबारे सार्वजनिक भएपछि चासो राखेको बताए ।

उनले भने, “विभिन्न माध्यममार्फत पीए नेपालमार्फत बालबालिकाको अवैध ओसारपसारबारेका कुरा आएका छन् । यसबारे भएको के हो भनेर चासो राखेका छौँ । हामी हेर्दैछौँ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस