आज र भोलि दुई दिन सामाजिक सुरक्षा कोषको अनलाइन सेवा अवरुद्ध हुने
काठमाडौँ । सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज बिहीबार र भोलि शुक्रबार गरी दुई दिन अवरुद्ध हुने भएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै कोषले यसको जानकारी दिएको हो ।
कोषको सूचना प्रणालीको डीसी-डीआर ड्रिल गरिने भएकाले दुई दिनका लागि निश्चित अवधिसम्म सेवा अवरुद्ध हुने उल्लेख छ । जसअनुसार बिहीबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो दुई बजेदेखि साँझ ५ बजेसम्म कोषको अनलाइन प्रणालीबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन् ।
यद्यपि समयावधि अगावै कार्य सम्पन्न भएमा सेवा सञ्चालनमा आउन सक्ने कोषले जनाएको छ ।
ट्रेन्डिङ
सम्बन्धित
जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन
१८ कार्तिक २०८२ १४:४४
