कुलिङ पिरियड गडबडीको छानबिन प्रतिवेदन कार्यान्वयन गराउन सभामुखको निर्देशन

काठ्माण्डौँ । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन् ।
सभामुख घिमिरेले शुक्रबार सो प्रतिवेदन कार्यान्वयनको लागि सरकारी निकायमा पठाउन प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् ।
सभामुखले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावअनुसार आज सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचविालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका हुन् ।