०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री

द एभरेष्ट पोष्ट
२९ साउन २०८२ १४:३३
०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण कायम रहने दाबी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो,’ उनले भनेका छन् ।

तर, विपक्षी दलहरूलाई किन स्थिरता अप्रिय लागेको ? भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

‘तर, विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो ? प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो,’ प्रधानमन्त्री ओलीले भने, ‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण के-का लागि ?’

अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही समीकरण रहने उनले दाबी गरे ।

‘देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन । म सबैलाई स्पष्ट पार्न चाहन्छु,  अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ,’ प्रधानमन्त्री ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस