पशुपति पुगेर एलिनाले गरिन् विपिन जोशीको रिहाइको कामना

द एभरेष्ट पोष्ट
२७ साउन २०८२ १४:२४
पशुपति पुगेर एलिनाले गरिन् विपिन जोशीको रिहाइको कामना

काठमाडौं । गायिका एलिना चौहानले विपिन जोशीको रिहाइको लागि पशुपति पुगेर कामना गरेकी छन् । त्यहाँ आयोजित संकटमोचन ज्ञान महायज्ञमा पुगेर उनले कामना गरेकी हुन् ।

विपिनको फोटो राखिएको फ्रेम समात्दै गरेको फोटो सामाजिक संजालमा सेयर गर्दै उनले लेखेकी छन्, ‘ आज ऐतिहासिक श्री पशुपति मनकामना पुर्ति तथा शंकटमोचन ज्ञान महायज्ञ मा विपिन भाइ चाडि भेटिनुहोस भनेर कामना गरियो । हामी सबैको मनकामना पूर्ति होस जय होस मंगलहोस ।’

विपिन लगायत विदेशी भूमिमा बेपत्ता भएका अन्य खोजी गर्न पनि उनले आग्रह गरेकी छन् । गायिका राधिका हमालले पनि एलिनासँगै यस्तो कामना गरेकी छन् ।

प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल सोमबार त्यता लागेका छन् ।

 

कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस