उर्मिला हायूका परिवारमाथि गरिएको टिप्पणीप्रति हायू समाजको आपत्ति

द एभरेष्ट पोष्ट
१४ साउन २०८२ १४:२२
उर्मिला हायूका परिवारमाथि गरिएको टिप्पणीप्रति हायू समाजको आपत्ति

काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका भनिएका हायु परिवार पोखराम भेटिएपछि उनीहरुमाथि पूर्वाग्राही ढंगले टिप्पणी भएको भन्दै  हायू समाज नेपालले आपत्ति जनाएको छ । अध्यक्ष लक्ष्मण हायुले विज्ञप्ति जारी गर्दै सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका- ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर गलत टिप्पणी गरेको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ- ‘यस घटनालाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हचुवा र आधारहीन समाचारहरु अनर्गल तरिकाले प्रसारण गरिएको पाइयो । परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित उनीहरुको स्वेच्छिक निर्णयलाई सामाजिक सुरक्षा भत्ता संग जोडेर गरिएको आग्रह पुर्वाग्रपुर्ण गलत टिप्पणी प्रति हामी गहिरो खेद प्रकट गर्दछौं । घोर आपत्ति जनाउदछौ । यस्ता आग्रह पुर्वागह्रपुर्ण गलत टिप्पणी सर्वथा असभ्य, अशिष्ट र बिकृत मानसिकताको उपज बाहेक अरु केही हैन । हाम्रो हायू समुदाय आफ्नो श्रम, इमानदारीता र आत्मसम्मानमा जीवनयापन गरि आएको आदिवासी समुदाय हो । यस्तो आधार विहनि र हचुवा प्रचार-प्रसारले केवल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मान माथि प्रहार भएको अनुभूति हामीले गरेका छौं । सबै सञ्चार माध्यमहरूलाई सत्य, तथ्यमा आधारित भई आधिकारिक एवं प्रमाणिक समाचार मात्र सम्प्रेषण गर्न आग्रह गर्दछौं । साथै, समाजमा भ्रम र अफवाह फैलाएर आफ्नो दुनो सोझ्याउने गतिविधिवाट समुदायका सबैलाई सतर्क र सचेत रहन अनुरोध गर्दछौं ।’

साथै समाजले यो परिवारको पुनःस्थापना र व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग माग पनि गरेको छ । स्थानीयले खबर गरेपछि  सोमबार खोजी गर्दै जादा उनीहरु पोखरा-३० गगनगौडामा भेटिएका थिए । उनीहरुले आफुहरुको आर्थिक स्थित कमजोर भएको र पोखरामा मजदुरी गर्न आएको बयान प्रहरीमा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस