स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गर्छौँ : प्रधानमन्त्री ओली

द एभरेष्ट पोष्ट
३० असार २०८२ १७:५७
स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गर्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने बताएका छन्।   त्रिभुवन विश्वविद्यालयको ४३ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित समारोहमा उनले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे। प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बताए।  कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट कर्मचारी  र अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने संस्थाहरूलाई सम्मान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस