सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली सुधार्न जरुरी : मन्त्री साह

द एभरेष्ट पोष्ट
२७ असार २०८२ १५:५४
सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली सुधार्न जरुरी : मन्त्री साह

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता प्रणालीको सुधार आवश्यक रहेको बताएका छन् । ज्येष्ठ नागरिकलाई सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रस्तावमाथीको छलफलमा भाग लिने अधिकांश सांसदले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता ४ हजारबाट बढाएर ५ हजार पुर्‍याउनुपर्ने माग गरे ।

साहले भने, ‘यहाँ धेरै माननीयज्यूले ४ हजारलाई ५ हजार गर्न भन्नुभएको छ । अहिले खरब रूपैयाँभन्दा बढी हामी सामाजिक सुरक्षाको नाममा सरकारले बेहोरिरहेछ । तर, त्यो बेहोर्ने जो तरिका छ, बेहोर्ने जो जुन पद्धति छ अर्बपतिले लगिरहेका छन् ।’

उनले थपे, ‘यसरी हुँदैन । जो वास्तविक जसलाई एकदम आवश्यक छ सामाजिक सुरक्षाको, उसलाई आर्थिक मदत गर्नुपर्छ । अब मलाई किन दिनु पर्‍यो ? मेरो श्रीमतीलाई किन दिनु पर्‍यो ? त्यसै कारण यसमा सुधार हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस